पोखराको गाउँमा चि मुसी चि

काठमाडौं । सिल्भर लेक पिक्चरको प्रस्तुतीमा श्रीप्सन मुभिजसँगको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘चि मुसी चि’को यतिबेला धमाधम छायांकन भइरहेको छ । दिनेश श्रेष्ठ निर्देशित फिल्म खिच्न यतिबेला सुटिङ युनिट पोखराको गाउँमा पुगेको छ । म्युजिकल थ्रिल फिल्ममा सुनिल क्षेत्री, एलिशा लामा, कमली वाइबा, सुशान्त कार्की, सशांक बस्याल, शिवराज कार्की र रश्मी भट्टको अभिनय छ ।

महेश्वर खत्री र सुवास भुर्तेलको संयुक्त लगानी रहेको फिल्ममा शिवराज कार्की कार्यकारी निर्माता, अरुण गुरुङ र अनिल श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । फिल्ममा सुरज अधिकारीको शब्द तथा संगीत, सुनिल र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायाँकन र अष्ट महर्जनको द्वन्द्व छ । फिल्ममा सञ्चारकर्मी दयाराम घिमिरेको मुख्य सहायक निर्देशन छ ।