शिल्पाको मंगलममा पुष्पको यस्तो रुप

काठमाडौं । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘मंगलम्’को ट्रेलर सार्वजनिक भएको छ । नायिका शिल्पा पोखरेलको डेब्यु निर्माण गरेको फिल्मको ट्रेलरले नायिका शिल्पा प्रति दुई नायक पुष्प खड्का र पृथ्वीराज प्रसाईको प्रेम र त्यसले उनीहरुको जीवनमा पारेको असरलाई देखाइएको छ ।

फिल्ममा नायक पुष्पल खड्कालाई अपांग देखाइएको छ । उनी ह्वीलचेयरमा बसेको प्रष्ट देख्न सकिन्छ । तर उनी के कारणले अपांग बने भन्ने कुरा थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । छविराज प्रोडक्सन र गुण सिनेमाको व्यानरमा शिल्पा प्रस्तुतकर्ता रहेको फिल्ममा नवल नेपालको निर्देशन छ । फिल्ममा मिथिला शर्मा, पुष्प खड्का, नीर शाह, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा गोविन्द फुँयालको कथा, गोविन्द र नवलकै संवाद, विष्णु कल्पिता घिमिरेको छायांकन, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन छ । छविराज ओझा कार्यकारी निर्माता रहेको फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता छन् ।