विरहीको टालाटुलीमा अराजको रिमिक्स

काठमाडौं । गायक सूर्यविरही साउद र रश्मी रिजालद्वारा स्वरबद्ध र अराज केशवको रिमिक्स गीत ‘टालाटुली बाटुली’को भिडियो सार्वजनिक भएको छ । गायक साउदले यसअघि ‘सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन लाग्यो परदेश’, ‘नरो मेरी सुवाँ’, ‘प्रिति फूल सारी दे’, ‘बिन्ति शैलेश्वरी’, ‘वनमारा वनैभरी छ’, ‘तेरो मेरो माया बबाली’, ‘जन्मभुमिको माया’, ‘यो लोटाउनो रांगो’, लगायतका दर्जनौ चर्चित गीत बजारमा ल्याई सकेका छन् ।

‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको गीत सुदूर तथा मध्यपश्चिमको थेगोलाई समावेश गरि पहिलो पटक तयार पारिएको फरक शैलीको देउडा फ्यूजन डान्सिङ गीत हो । सुदूर तथा मध्यपश्चिमका बालबालिकाहरु बालपनका बेला दौतरीहरुसँग कपडाका सानासाना टालाटुली बटुलेर पुतली बनाई रमाईलो गरी खेल खेल्ने चलन छ । काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छायांकन गरिएको म्युजिक भिडियो बसिबियालो म्युजिक प्रालि अनामनगर काठमाडौंले बजारमा ल्याएको हो ।

विक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोमा शेर साउद, करिश्मा ढकाल र करन साउदले अभिनय गरेका छन् । बि स्टार फिल्मस कम्पनीले तयार पारेको म्युजिक भिडियोको छायांकन प्रकाश खड्का र मिलन बिकको सम्पादन रहेको छ । सूर्य विरही साउद, तिलक ओली र योगेश बुढाको रचना रहेको यस गीतमा संगीत सूर्यको छ । संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् ।