यू विल नेवर वल अलोन गायकको निधन

लण्डन(एजेन्सी) । प्रख्यात गायक गेरी मार्सडनको निधन भएको छ । उनी ७८ वर्षका थिए । उनले इंग्ल्याण्डको मर्सिसाइडमा अन्तिम सास फेरेका हुन् । गेरीलाई लिभरपूल फूटबल क्लबको गीत ‘यू विल नेवर वक अलोन’का लागि चिनिन्छ ।

रेडियो प्रस्तोता र गेरीका निकट पीट प्राइसले यो खबरको पुष्टि गरेका छन् । उनले ट्वीटरमा ‘मेरो मन निकै भारी भएको छ । परिवारसँग कुराकानी गरेपछि म तपाईंलाई यो कुरा भन्छु कि गेरी मार्सडनको मुटुको इन्फेक्सनका कारण निधन भएको छ । यो दुःखको कुरा हो । विश्वको सबै माया उसलाई पठाउनु, तपाईं कहिल्यै एक्लै हिँड्नुहुन्नँ’ भन्दै ट्वीट गरेका छन् ।

गेरी एण्ड द पेसमेकर्स विश्वको प्रमुख व्याण्डमध्ये एक हो । जसको रेंकिङ बीटल्सभन्दा ठिक पछाडि थियो । उनले ‘हाउ डू यू डू इट ?’बाट डेब्यू गरेका थिए । यो गीत इंग्ल्याण्डको चार्टस्मा पहिलो नम्बरमा थियो । यसबाहेक उनका ‘आई लाइक इट’ र ‘यु विल नेवर वक अलोन’ सर्वाधिक हिट गीत हुन् ।

एक सानदार संगीत करियरमा गेरी गायकका अलावा गीतकार पनि हुन् । उनले व्याण्डका लागि ‘आई एम द वन’, ‘इट्स गोना बी आल राइट’ र ‘फेरी क्रास द मर्सी’ जस्ता गीत लेखेका थिए । उनको गीत ‘डण्ट लेट द सन कैच यू क्राइंग’ अमेरिकाको सबैभन्दा हिट साबित भएको थियो ।