मिस्टर विन छोड्दै रोवन

लसएन्जल्स(एजेन्सी) । सायद धेरै कम मात्र व्यक्ति होलान् जसले मिस्टर बिनको कमिक भूमिकालाई मनपराउदैनन् । यो भूमिकाले ब्रिटिस अभिनेता रोवन एटकिन्सन विश्वमाझ चिनिए । रोवनले धेरै फिल्म र नाटकमा काम गरे, तर उनलाई आज पनि जोकोहीले मिस्टर विनकै रुपमा चिन्छन् ।

अब भने रोवनले मिस्टर विनको भूमिकालाई कहिल्यै ननिभाउने बताएका छन् । उनले हालैको एक अन्तरवार्तामा अब कहिल्यै पनि मिस्टर विनको भूमिका ननिभाउने बताएका हुन् । तर उनले यो भूमिकामाथि बनिरहेको एक एनिमेटेड सिरिजमा आवाज चाहिँ दिने उल्लेख गरेका छन् । ‘मेरो लागि केवल आवाजको माध्यमबाट यो भूमिका निभाउन सजिलो छ । अब मलाई यो भूमिका निभाउन मजा आउदैन । यो भूमिकाका लागि जुन जिम्मेवारी उठाउनुपर्छ, त्यो निकै गह्रौं किसिमको छ’ उनले भनेका छन् । उनका अनुसार मिस्टर विनको भूमिका निभाउनु निकै तनावपूर्ण र थकानपूर्ण काम हो । त्यहीकारण उनी यो भूमिकाको अन्त्य चाहन्छन् ।

मिस्टर विनको भूमिका टेलिभिजनमा पहिलोपटक सन् १९९० मा आएको थियो । त्यसपछि यो भूमिका विश्वभर लोकप्रिय बन्यो । मिस्टर विनको फेसबुक पेजमा आएको लाइक विश्वकै सर्वाधिक १० औं स्थानमा पर्छ ।