दीपेन्द्रको धान कुटीमा भीमफेदी गाइज

काठमाडौं । गीतकार दीपेन्द्र घिमिरेको शब्दमा रहेको ‘धान कुटी मकै भुटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा एसडी र श्रुति योगीको स्वर रहेको गीतमा भिमफेदी गाईज र बेबो आचार्यले फिचरिङ गरेका छन् । निर्मल लामा (बीजी) को निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन र प्रविण श्रेष्ठको सम्पादन छ । भिडियोको निर्माता चन्द्र गौतम हुन् ।

२०६५ सालबाट सञ्चार कर्ममा लागेका दीपेन्द्र पछिल्लो समय गीत लेखनमा अगाडि बढी रहेका छन् । यस अघि घिमिरे कै शब्दमा मेलिना राईको स्वर रहेको गीत ‘तल्लाघरे साईला’ सार्वजनिक भईसकेको छ। पछिल्लो समय फिल्म ‘लिलि बिलि’ का लागि समेत गीत लेखेका घिमिरेले सार्वजनिक ‘धान कुटी मकै भुटी’ गीतले आफुलाई गीत लेखनको पाटोमा अगाडि बड्न मद्धत गर्ने बताए।

भारतमा संगीतको उच्च अध्ययन गरेर नेपाल फर्किएका संगीतकार योगीका यसअघि उनको संगीत रहेका गीतहरुमा नेपालका चर्चित गायकहरु स्वरुप राज आचार्य, शिव परीयार, सिशिर योगी लगायतले आवाज भरिसकेका छन।