सञ्जीवको हुन्छु ममा सुन्दरी करिश्मा

काठमाडौं । संगीतकार तथा गायक सञ्जीवकुमार पौडेलको नयाँ एल्बम ‘अस्तित्व’मा रहेको ‘हुन्छु म’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण कँडेलको शब्द रहेको गीतमा कजिश श्रेष्ठ र करिश्मा ढकालले फिचरिङ गरेका छन् ।

पाश्र्व संगीतमा पहिलो महिला संगीतकारका रुपमा चिनिएकी संगीतकार रेखा पौडेलको सोलो संगीत रहेको यो एल्बममा सञ्जीवको सोलो गायन छ । एल्बममा नारायण कँडेलको सोलो नै गीत छ । भिडियोमा कजिश श्रेष्ठको निर्देशन, अजय रेग्मीको छायांकन र रमित ओलीको सम्पादन छ । नातामा सञ्जीव र रेखा दाजु बहिनी हुन् ।

हालै राजधानीमा आयोजित एक कार्यक्रममा एल्बमको बजार व्यवस्थापक विन्ध्यवासिनी म्युजिकका सुवास रेग्मी, गीतकार तथा फिल्मकर्मी यादव खरेल, संगीतकार सुरेश अधिकारी, शक्ति बल्लभलगायतले एल्बम सार्वजनिक गरेका थिए ।