पेडमेन पछि मिल्कमेनमा अक्षय

मुम्बई(एजेन्सी) । फिल्म ‘पेडमेन’को रिलिज पछि बलिउड अभिनेता अक्षय कुमारलाई अर्को बायोपिक फिल्मका लागि अफर आएको छ । हाल प्रदर्शनरत फिल्म ‘पेडमेन’मा पेडमेन बनेका अक्षयलाई ‘मिल्कमेन’का रुपमा परिचित डा. वर्गीस कुरियनको जीवनीमा आधारित फिल्ममा प्रमुख भूमिकामा अभिनयको अफर आएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार एकता कपुरले डा. कुरियनको जीवनीमा आधारित किताबको अधिकार किनेकी छन् । यो फिल्ममा प्रमुख भूमिकामा अक्षय नै रहुन् भन्ने चाहना पनि एकताको रहेको छ ।  फिल्मका निर्माताहरु यो फिल्मका लागि अक्षय नै उपयुक्त हुने दाबी गर्दै आएका छन् । अक्षयले हालै मात्र ‘ट्वाइलेट एक प्रेमकथा’ र ‘पेडमेन’ जस्ता सामाजिक विषयमा आधारित फिल्ममा काम गरेर चौतर्फी प्रशंसा बटुलेका छन् ।

फिल्मको निर्देशक र सम्पादक श्री नारायण सिंहले डा. कुरियनले सामान्य मानिस र महिलाका लागि काम गरेको बताए । नयाँ फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने विषयमा केही कुरा बोलेका छैनन् ।