अनमोलको कृलाई तीन दिनमा तीन करोड !

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको अनमोल केसी स्टारर फिल्म ‘कृ’को तीन दिने ग्रस कलेक्सन सार्वजनिक भएको छ । फिल्मको व्यानरमध्येको एक सुवास इन्टरटेनमेन्टले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन दिने कलेक्सन सार्वजनिक गरेको हो ।

इन्टरटेनमेन्टका अनुसार फिल्मले तीन दिनमा ३ करोड ३९ लाख ९८ हजार ७ सय ३६ रुपैंयाँ कलेक्सन गरेको छ । जस अनुसार फिल्मले शुक्रबारबाट मोफसलबाट २९ लाख ४७ हजार ३ सय ९५ र उपत्यकाबाट ३७ लाख २१ हजार ३ सय ३० गरी ६६ लाख ६८ हजार ७ सय २५, शनिवार मोफसलबाट ८३ लाख ४१ हजार ४ सय १२ र उपत्यकाबाट ९४ लाख २३ हजार ३ सय ५१ गरी १ करोड ७७ लाख ६४ हजार ७ सय ६३ तथा आइतबार मोफसलबाट ४४ लाख ५३ हजार ५ सय ६२ र उपत्यकाबाट ५१ लाख ११ हजार ६८६ रुपैंयाँ गरी ९५ लाख ६५ हजार २ सय ४८ रुपैंयाँ कलेक्स गरेको छ । तीन दिनको ग्रसलाई जोड्दा ३ करोड ३९ लाख ९८ हजार ७ सय ३६ रुपैंयाँ हुन आउँछ ।

दी सुपर काजोल फिल्मस् र सुवास इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, अनुपविक्रम शाही, रुपा राना, कामेश्वर चौरासिया, सुदाम सिकेलगायतका कलाकारको अभिनय छ । भुवन केसी र सुवास गिरी निर्माता रहेको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।