सलमानको बीइङ ह्यूमन कालोसूचीमा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान अभिनयका अलावा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । समाजसेवा गर्नकै लागि उनले बीइङ ह्यूमन नामक संस्था नै खोलेका छन् । उनी यही संस्थामार्फत समाजसेवाको काम गरिरहेका छन् । सामाजिक काममा सक्रिय भइरहँदा बृहन मुम्बई महानगरपालिका(बीएमसी)ले यो संस्थालाई कालो सूचीमा राख्ने निर्णय लिएको छ ।

बीएमसीले बीइङ ह्यूमन फाउन्डेशनका विरुद्ध बान्द्रामा एक डायलिसिस सेन्टर स्थापना गर्ने आफ्नो प्रतिबद्धता पुरा नगरेको भन्दै कारवाहीको निर्णय गरेको हा । सलमानको संस्थालाई महानगरपालिकाले सेन्टर स्थापनाका लागि जिम्मेवारी दिएको थियो । बीएमसीले यही कारणले संस्थालाई कारण देखाऊ आदेश दिँदै संस्थाको डिपोजिट पनि जफत गरेको छ ।

बीएमसीको एडिशनल कमिश्नरले यो कुराको पुष्टि गरेका छन् । दुई वर्ष अघि बीएमसीले पब्लिक प्राइवेट पार्टनरशिपमा १२ डायलिसिस सेन्टर खोल्ने घोषणा गरेको थियो । सलमानको संस्थाले पाली हिलमा २४ डायलिसिस मेसिन लगाउने जिम्मेवारी पाएको थियो । संस्थालाई बैंक ग्यारेन्टीसहित सबै अनुमित दिए पनि संस्थाले काम शुरु गरेको थिएन ।  सलमान आफ्नो संस्थामार्फत च्यारिटीको काम गर्छन् । उनले विश्वका विभिन्न मुलुकमा संस्थाको शाखा पनि खोलेका छन् । उनले महंगो मूल्यमा कपडा तथा जुत्ता बेच्दछन् ।