कान्छीमा दयासँग रमायो स्वेताको मन

काठमाडौं । शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कान्छी’ रोमान्टिक गीत ‘यो मन रमाउँदै’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत तथा दिवाकर भट्टराईको शब्दमा सजिएको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको लोभलाग्दो स्वर सुन्न सकिन्छ । गीतमा स्वेता र दयाको मन किन रमायो भन्ने बुझ्नलाई दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

यम थापाको लेखनमा आकाश अधिकारीको निर्देशन रहेको नीर शाह, अनु शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ । ‘कान्छी’ मा पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन अनि राजनराज सिवाकोटीको संगीत छ ।