यस्तो छ नाकाको शीर्ष गीत

काठमाडौं । काठमाडौं उपत्यकामा फागुन १८ र उपत्यका बाहिर फागुन १७ गते रिलिज हुने फिल्म ‘नाका’को शीर्ष गीत ‘मेरो नाका’को भिडियो सार्वजनिक भएको छ । मिडिया पोर्ट प्रोडक्सनले हाइलाइट नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा विपिन कार्की प्रमुख भूमिकामा छन् । गीतमा रोहित शाक्य, युनिक पोइट र रोबिन तामाङको स्वर छ । युनिक पोइटको लेखन र रोहित शाक्यको संगीत रहेको भिडियोमा फिल्मका प्रमुख कलाकारले फिचरिङ गरेका छन् ।

अमित श्रेष्ठको निर्देशन रहेको फिल्ममा विपिन कार्की, थिन्ले ल्हामो, रोबिन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्व, सुजन थापा मगर, राम भजन कामत, अभिषेक सुवेदी र केशव राईको अभिनय छ ।प्रविण टक्की कार्की निर्माता रहेको फिल्ममा अर्जुन कार्कीको पटकथा, चिन्तन राज भण्डारीको छायांकन, विभुषण बस्नेत, पुजा गुरुङको सम्पादन, अभिषेक सुवेदीको लेखन र शिशिर गुरुङ तथा अमित श्रेष्ठ कार्यकारी निर्माता छन् ।