प्रतिमाको गीतमा प्रशंसा सपनाकी परी

काठमाडौं । सञ्चारकर्मी प्रतिमा श्रेष्ठ र गायिका प्रशंसा श्रेष्ठ नाताले आमा छोरी हुन् । आमा प्रतिमा रेडियोमा कुशल तरिकाले मात्र बोल्दिनन्, गीत लेखनमा पनि उस्तै खप्पिस छिन् । आमा गीतकार भएपछि छोरी प्रशंसालाई पनि गीत गायनमा निकै सजिलो भएको छ ।

यिनै प्रशंसाले गाएको ‘सपनाकी परी’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकाका सुन्दर लोकेशनमा खिचिएको भिडियोमा गायिका प्रशंसाले नै फिचरिङ गरेकी छन् । गीतमा प्रतिमाकै शब्द तथा सुरेश अधिकारीको संगीत छ ।

महाराज थापाले एरेञ्ज गरेको गीतमा किशोर थापाको मिक्सिङ र माष्टरिङ छ । मिडिया ल्याण्डको प्रस्तुतिमा निर्माण भएको भिडियोमा सत्यम श्रेष्ठको निर्देशन छ । गायिका प्रशंसाले हालसम्म तीन एल्बम श्रोतामाझ ल्याइसकेकी छन् ।