विजयले ल्याए लाजै नमानी

काठमाडौं । पाँच वर्ष अघि ‘त्यो रातपछि’ हराएका गायक विजय राई यसपटक ‘लाजै नमानी’ भिडियो लिएर दर्शकमाझ आएका छन् । गीतकार ललिता कुवँरको शब्द रहेको गीतमा राहुल प्रधानको संगीत छ ।

डान्सिङ नम्बरको गीतको भिडियोमा भीमफेदी गाइजले फिचरिङ गरेका छन् । भीमफेदी गाइजसँगै भिडियोमा सन्ध्या भट्टराईले पनि अभिनय गरेकी छन् । भिडियोको संगीतकार प्रधानले नै निर्देशन गरेका हुन् । कोरियोग्राफी भने भीमफेदी गाइजकै निर्मल तामाङले गरेका छन् ।

गोदावरीमा छायांकन गरिएको यस भिडियोका लागि निकै मिहिनेत गरिएको छ । लामो अन्तरालपछि दर्शक तथा श्रोतामाझ आएकाले स्तरीय गीत तथा भिडियो दिने प्रयास गरेको विजयले बताए । यस भिडियोमा क्यामेरा चक्र महर्जन, ड्रोन मेघराज र सम्पादन विकास ज्ञवालीको रहेको छ ।