सुनकेशरी टिजरमा ऋचाको तर्साउने रुप

काठमाडौं । नायिका तथा निर्मात्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘सुनकेशरी’को टिजर सार्वजनिक भएको छ। टिजरमा नायिका ऋचाको अहिलेसम्म नै नदेखिएको फिल्मी रुपलाई देखाइएको छ । टिजरमा उनलाई निकै डरलाग्दो अर्थात तर्साउने चरित्रमा देखाइएको छ । टिजरमा ऋचाको फरक अवतारसँगै अभिनेता रविन्द्र झा पनि देखिएका छन्। हरर थ्रिलर फ्लेबरको फिल्म अर्पण थापा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो ।

अभिनेता अर्पण थापाको कथा, पटकथा र निर्देशन रहेको फिल्ममा सनी ढकाल, रविन्द्र झालगायतका कलाकारको अभिनय छ । मनोज अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा ऋचा शर्मा, भीम न्यौपाने, शर्मिला सापकोटा निर्माता छन् ।

फिल्ममा कालीप्रसाद बास्कोटा र विजय अधिकारीको संगीत, राह शर्माको छायांकन र इआन स्कट क्लिमेन्टको सम्पादन छ । फिल्म नेपालमा जेठ ११ मा रिलिज हुँदैछ ।