अभिनेत्री गायत्रीको दुर्घटनामा निधन

मुम्बई(एजेन्सी) । तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् ।

अभिनेत्री आफ्ना साथीहरुका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

समाचारअनुसार गायत्रीको साथीले कार चलाएकी थिइन् । तर कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गयो । दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि निधन भएको छ । स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल पुर्‍याए पनि उनीहरुलाई मृत घोषणा गरिएको थियो । दुर्घटनमा अर्को एक महिलाको पनि निधन भएको बताइएको छ ।

अभिनयमा आउनु अघि गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ अत्याधिक छ ।