नेप्टेमा रोहितको दिलकी रानी बनिन् छुल्ठिम

काठमाडौ । नेपाली फिल्म ‘नेप्टे’को ‘दिल रानी’ बोलको क्लब गीत सार्वजनिक भएको छ । सन्तोष राजको संगीत रहेको गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर छ । भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङले फिचरिङ गरेका छन् ।

गीतमा यमनाथ मैनालीका शब्द र कविराज गहतराजको कोरियोग्राफी छ । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, बुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।

चैत्र ३० गते प्रदर्शनमा आउने फिल्ममा किरण माइकलको पटकथा एंव संवाद, रोहितको कथा र हरि घले लामाको छायांकन छ । फिल्मको निर्माता रोहित रुम्बा नै हुन् ।