६५ हलमा एकसाथ पञ्चेबाजा

काठमाडौं । प्रेम कथामा आधारित फिल्म ‘पञ्जेबाजा’ शुक्रबारबाट देशका ६५ हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारका लागि फिल्म युनिट पोखरा, बुटबल, नारायणघाट, हेटौंडा पुगेर काठमाडौं फर्किईसकेको छ । राजेश शाहीको निर्माण र घनश्याम लामिछानेको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय छ ।

फिल्मले सौगात, जस्मिन र कर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाउनेछ । फिल्म शुक्रबारबाट काठमाडौं उपत्यकाका २० र मोफसलका ४५ गरी ६५ ओटा हलमा एकसाथ प्रदर्शन हुने निर्माता शाहीले जानकारी दिए । निर्देशक लामिछानेले आफुहरुले एक वर्षसम्म स्क्रिप्टमा बसेर फिल्मको छायाँकन गरेको बताए । उनले आफुले पनि विगतका फिल्म भन्दा बिल्कुलै फरक काम गरेको जनाए ।

सारा गुरुङ सह निर्माता रहेको यो फिल्ममा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, बिमला गिरी, देशभक्त खनाल, सविन बाँसतोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरी सहितको अभिनय छ । पञ्जेबाजामा कालीप्रसाद बासकोटा र बिकाश चौधरीको संगीत, प्रदीप भारद्धाजको लेखन, हरि घले लामाको छायाँकन रहेको छ ।