उल्झनमा बेनीका अनेक उल्झन

काठमाडौं । निर्देशक राजु अधिकारी निर्देशित फिल्म ‘उल्झन’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख तीन कलाकार रजनी केसी, ध्रुव दत्त र बेनी ढुंगानाले फिचरिङ गरेका छन् । युरोप र नेपालमा छायांकन गरिएको फिल्मले अनेक सपना बोकेर विदेशिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको समस्यालाई विषयबस्तु बनाएको छ ।

फिल्ममा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । आसुतोष फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा तेजेन्द्र कँडेल प्रस्तुतकर्ता छन् । नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा हरिकृष्ण कार्की र नविन अधिकारी निर्माता छन् ।

निर्देशक राजु अधिकारीका अनुसार आगामी मार्च १८ गते बेलायतको अलडरसटमा रहेको एम्पायर हलमा फिल्मको प्रिमियर हुँदैछ । त्यस्तै साउथ ह्यरोमा रहेको ह्यरो फुटबल क्लबमा मार्च २५ गते फिल्मको प्रिमियर हुँदैछ । यी दुई स्थानबाहेक रेडिङ, स्विडेन, बेजिङस्टोक, ननिनटङ, बर्मिंगम, योर्क तथा स्कटल्याण्डलगायतका स्थानमा फिल्म प्रदर्शन गरिनेछ ।