युरोपियन डिजाइनरको पहिरनमा लण्डनमा अनिताको क्याटवक

लन्डन । पूर्वी नेपालको इटहरीमा जन्मिएर हाल यूकेमा बस्दै आएकी नेपाली मोडल अनिता लिम्बुले सेन्ट्रल लन्डनमा गत फेब्रुअरी १८ मा भएको ‘लन्डन फेसन वीक’ बिरालो चाल चालेकी छन् । हिल्टन वाल्डरोफ नामक होटलमा भएको कार्यक्रममा उनले युरोपका विभिन्न देशबाट आएका ‘क’ वर्गका फेसन डिजाइनरहरुको डिजाइनमा शोमा बिरालो चाल चालेकी हुन् ।

अनिताका अनुसार उनले एग्नेस क्रिभानिक्स, हिबा अगल, जुडिथ जोन्स, माइकल लोम्बार्ड र मोनिका जोन्सका पहिरनलाई ¥याम्पमा प्रस्तुत गरेकी थिइन् । यो फेशन शोमा जेफ गार्नरको डिजाइन पनि प्रस्तुत गरिएको थियो । जेफको डिजाइन हलिउड सेलिब्रेटीहरु रिहाना र टेलर स्विफ्टले लगाउने गरेका छन् ।

अनिताले फेब्रुअरी १७मा लण्डनकै क्लेटोन होटलमा भएको लण्डन फेसन विकमा इथान म्याकपर्सन, फुसिआ ब्लिङ र सलिमभइबा इझानको डिजाइन लगाएर रनवे मोडलिङ गरेकी थिइन् ।