लालगेडी बनिन् ब्लाइण्ड रक्सकी बेनिशा

काठमाडौं । गायिका सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ‘लालगेडी’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पियुषसँगै बेनिशा हमाल फिचरिङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । बेनिशा अभिनित फिल्म ‘ब्लाइण्ड रक्स’ आगामी शुक्रबारबाट रिलिज हुँदैछ । फिल्ममा उनी दृष्टिविहिन चरित्रमा छिन् ।

गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । गीतमा राजिभ समरको कोरियोग्राफी बुद्ध थापा एण्ड टिमले छायांकन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा निकेश खड्काको निर्देशन छ ।

एल्बममा ‘लालगेडी’सँगै ‘सुरी’, ‘को हो त्यो’, ‘तिम्रो आगमनले’ र ‘मन भरि वेदना’ बोलको गीत रहेका छन् । गीतमा सानो दिल, रवी मल्ल, कमल मल्ल, सुरी र मनोज आचार्यको शब्द र भानुभक्तसँगै कल्याण सिंह, न्हू बज्राचार्य र कर्ण दासको संगीत रहेको छ ।