प्रेमिकालाई सम्झँदै नवराजको गीत

काठमाडौं । प्रतिभाशाली गायक नवराज राईको शब्द, संगीत र स्वरमा ‘तिमि नै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिकाप्रति समर्पित एक प्रेमीको प्रेम भावना गीतमा पोखिएको छ । यस गीतलाई प्रदिप श्रेष्ठले एरेञ्ज गरेका छन् ।

नेपाल र सिंगापुरमा खिचिएको भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक राकेश किरातीले निर्देशन गरेका छन् । नेपाल र सिंगापुरको मनोरम दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ ।भिडियोमा प्रेसिका निरौलाले फिचरिङ गरेकी छन् ।  राकेशले निर्देशन गरेको भिडियोमा बुद्ध थापा मगरको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । भिडियोमा मेकअप तरुण राईको रहेको छ ।