गोस्वामीको रंग बिनाको होली भिडियो

काठमाडौं । गायक राज के गोस्वामीको गीत ‘रंग बिनाको होली’ सार्वजनिक भएको छ । शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा किरण भण्डारीको शब्द, संगीत र एरेन्ज छ ।

प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ । मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।