अमिताभको नगरीमा निलको फ्रेञ्चाइजी सलुन

काठमाडौं । बलिउडका सपुरस्टार अमिताभ बच्चनको नगरी अलहाबादमा हेयर स्टाइलिष्ट निल डेभिडको निल डेभिड्स युनिसेक्स सलुनको फ्रेञ्चाइजी सञ्चालनमा आएको छ । भारतीय व्यापारी अजय अग्रवाल र सोमनीले संयुक्त रुपमा सञ्चालनमा ल्याएको फ्रेञ्जाइजी सलुन अन्तराष्ट्रिय स्तर र अत्याधुनिक शैलीको छ ।

भारतको मुम्बई स्वस्तीका फ्रेञ्चाइजी मेनमेजन्टले निलको भारतका विभिन्न शहरमा १ सयको संख्यामा फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने गरी निलसँग सम्झौता गरेको छ । जसअनुसार आसामको गुहाटीमा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आईसकेको छ भने चाँडै नयाँ दिल्ली, अजमगढ, वाराणासी र लखनउमा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आउने तयारी भईरहेको निलले बताए ।

निलले झापा लक्ष्मीपुरको युवा भारतसम्म आप्mनो फ्रेञ्चाइजी सलुन र शाखा सलुन सञ्चालनमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले आगामी मार्च १३ मा सिलगुढीमा निल डेभिड्स स्टाइलको सलुनसमेत सञ्चालनमा ल्याउने भएको छन् ।