अरबाज र जर्जियाको ब्रेकअप

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ । जर्जियाले हालै एक अन्तरवार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमी भन्दा पनि राम्रो साथीको रुपमा चिनाइन् ।

‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन । लकडाउन पछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ । लकडाउनले हामीलाई सोच्न बाध्य बनायो । लकडाउनले मानिसलाई कि सँगै बनायो, कि त अलग्यायो’, उनले भनेकी छन् । जर्जियाको कुराले अरबाजका फ्यानले उनीहरुको ब्रेकअप भएको अड्कलबाजी गरेका छन् ।

अरबाज र जर्जिया विगत चार वर्ष यता डेटमा थिए । उनीहरु प्रायः सँगै रहन्थे । उनीहरुबीच २२ वर्षको उमेर अन्तर छ । इटली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन् । उनी कैयौं म्यूजिक भिडियोमा पनि देखिएकी छन् ।

अरबाजले सन् १९९८ मा मलाइका अरोडासँग विवाह गरेका थिए । उनीहरुको एक छोरा अरहान खान छन् । अरबाज र मलाइकाले सन् २०१७ मा डिभोर्स गरेका थिए । अरबाजसँगको डिभोर्स पछि मलाइका अभिनेता अर्जुन कपूरको प्रेममा छिन् ।