कान्ये र किमको सम्बन्धविच्छेद सम्झौता पुरा

लसएञ्जल्स(एजेन्सी) । हलिउडको लोकप्रिय र्‍यापर कान्ये वेस्ट र रियालिटी टीभी स्टार किम कार्दाशियनबीच सम्बन्धविच्छेदको सम्झौता पुरा भएको छ ।

सम्झौताको एक हिस्साका रुपमा कान्यले बच्चनका लागि किमलाई हरेक महिना १ लाख डलर भुक्तान गर्नुपर्नेछ । अदालतको दस्तावेजमा पूर्व जोडीले आफ्नो चार सन्तानलाई संयुक्त रुपमा स्याहानुपर्ने उल्लेख छ ।

चार सन्तानको खर्चका अलावा कान्येले उनीहरुको पढाईमा हुने खर्चको ५० प्रतिशत हिस्सा आफूले व्यहोर्ने छन् । दुवैको सन्तानको उमेर ३ देखि ९ वर्षको बीचको छ । यो सम्झौता अनुसार यदि चार बच्चामध्ये कुनै एकको सम्बन्धमा विवाद भएमा दुवैले मध्यस्थता गर्नुपर्नेछ ।

सम्पत्तिको सवालमा उनीहरूको विवाह अघि नै यसको भागबण्डा भइसकेको छ । किम र कान्येले दुई वर्षको डेट पछि सन् २०१४ मा विवाह गरेका थिए । सन् २०२१ मा किमले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् ।