थारु गीतमा घरपाला मोद

काठमाडौं । गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ । शुक्रबार अपरान्ह सेविल इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ ।

यस गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ । ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् ।

हिरा चौधरीले निर्देशन गरेको भिडियोमा थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ । भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन् । यस गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने निर्माता अरुण आर्यन चौधरी रहेका छन् ।

गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’लगायतका पप गीतहरु चर्चित छन् ।