सुपरमेन भूमिकामा नफर्कने हेनरीको घोषणा

लसएन्जल्स(एजेन्सी) । सुपरमेनको भूमिकालाई धेरै कलाकारले पर्दामा निभाएका छन्, तर यो सुपरहिरोको भूमिकासँग जुन जोडाई हेनरी केविलको भयो, त्यहाँ अन्य कोही जोडिन सकेनन् । आज पनि ‘मेन अफ स्टिल’का लागि उनलाई सम्झने धेरै छन् । तर हेनरीले अब सुपरमेनको भूमिकामा नफर्कने घोषणा गरेका छन् ।

हेनरीले सामाजिक सञ्जालमार्फत एक भावुक पोस्ट लेख्दै सुपरमेनको भूमिकामा नफर्कने घोषणा गरेका हुन् । जेम्स गुन र पीटर सेफ्रनका साथ मिटिङ गरेपछि हेनरीले सामाजिक सञ्जालमा लेखेका हुन् । ‘हरेक कोहीका लागि दुःखद खबर छ । म सुपरमेनको भूमिकामा अब फर्कने छैन । अक्टोबरमा स्टूडियोलाई फर्कने बारे घोषणा गरेपछि अहिलेसम्म उनीहरुले मलाई हायर गरेका थिएनन् । यो खबर दिन सजिलो छैन, तर यही त जीवन हो । जिम्मेवारी अक्सर फेरिन्छ । म यसको सम्मान गर्छु’, उनले लेखेका छन् ।

‘जेम्स एण्ड पिटरलाई एक युनिभर्स बनाउनु छ । म उनलाई र यो नयाँ युनिभर्सको तयारीमा जोडिएका सबैलाई शुभकामना दिन चाहन्छु । उनीहरु सबै, जो यति वर्षसम्म मेरो साथ उभिए । म थोरै दुःख व्यक्त गर्न सक्छु, तर हामीले यो पनि सम्झनु पर्छ, सुपरमेन अहिले पनि छ । ऊ जसका लागि उभिन्छ, ऊ अहिले पनि छ र उसले कायम राखेको मिसायल अहिले पनि छ । लबेदा लगाउने मेरो समय गयो, तर जुन कुराका लागि सुपरमेन खडा हुन्छ, त्यो कहिल्यै पनि जाँदैन’, उनले लेखेका छन् ।

केही दिन अघि ड्वेन जोनसनले ‘ब्ल्याक एडम’को रिलिजको समयमा फिल्मको आगामी भागमा हेनरी केविल सुपरमेन बनेर फर्कने बताएका थिए । यो फिल्म डीसी एक्सटेन्डेड युनिभर्सको हिस्सा हुनेछ ।

हेनरी पहिलोपटक सन् २०१३ मा रिलिज फिल्म ‘मेन अफ स्टील’मा सुपरमेन बनेका थिए । यो डिसी युनिभर्सको पहिलो फिल्म थियो र यो सुपरहिरो रिबूट फिल्म थियो । ‘बेटमेन भर्सेस सुपरमेन’ र ‘जस्टिस लिग’मा उनले यो भूमिका निभाएका थिए ।