मिस्टर भर्जिनको टुल्कीमा रमाए कलाकार

काठमाडौं । फिल्म ‘मिस्टर भर्जिन’मा समावेश ‘टुल्की’ गीतको भिडियो सार्वजनिक भएको छ । वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरू गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रद्धा प्रसाई, स्मृति पोख्रेल र इलियन मरान्डाको अभिनय छ ।

वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा विशारद बस्नेतको निर्देशन छ । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय छ ।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी काप्रीको सम्पादन छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।