रानीमहल छोडेर जय शम्भुमा प्रशान्त–वर्षा

काठमाडौं । जुना फिल्म्सको व्यानरमा निर्माण हुन लागिएको फिल्म ‘जय शम्भु’को घोषणा गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मका निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरिएको हो ।

सोमबारबाट फ्लोरमा जाने फिल्ममा प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । फिल्मबाट रोशन महर्जनले डेब्यु गर्दैछन् । दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटी लगायतको लगानी रहने फिल्मलाई रुपेश तामाङले निर्देशन गर्नेछन् । ४५ दिन सम्म छायांकन हुने फिल्म काठमाडौं र अन्नपूर्ण बेस क्याम्पमा खिचिने निर्माण पक्षले जनाएको छ ।

एक्शन लभस्टोरी जनरामा निर्माण हुन लागिएको फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । आगामी नयाँ वर्षको श्रावण १ गते रिलिज हुने फिल्ममा प्रदिप कँडेल र अर्जुन पोखरेलको संगीत हुनेछ ।

तस्बिरः कुशल राई घतानी