चेप्टे चेप्टे पेरुङ्गोको कभर प्रतिष्पर्धा

काठमाडौं । चैत १६ लाई रिलिज मिति तय गरेको सिनेमा ‘ह्याप्पी डेज’ले रिलिज मिति हेरफेर गरेको छ । अब सिनेमा दुई साता अगाडी चैत २ मा प्रदर्शन हुने यसका निर्देशक मिलन चाम्सले जानकारी दिए । साथै, नयाँ रिलिजसँगै निर्माण पक्षले कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ । जसमा सहभागी हुन् इच्छुकले हिट गीत ‘चेप्टे चेप्टे पेरुंगो’मा कभर भिडियो बनाउनु पर्नेछ । कभर भिडियो तयार भएपछी जुन सुकै युट्युब च्यानलबाट अपलोड गरि ‘हयाप्पी डेज’ अफिसियल फेसबुक पेजमा लिंक पठाउनु पर्नेछ ।

युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्नेछ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म छ । दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय रहेको सिनेमालाई बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा। अशोक खनालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।