आइटम फ्लेबरमा सुशिलाको सानीलाई

काठमाडौं । गायिका सुशिला पाठकको आइटम फ्लेबरको गीत ‘सानीलाई’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुशिलाकै अभिनय छ ।  कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो विशाल पौडेलेले एरेन्ज गरेका छन् ।

गीतमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी छ । भिडियोमा सचिन थापाको निर्देशन, अर्जुन सापकोटाको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।