मुटु चोरी लाने मायाको सम्झनामा सुमन

काठमाडौं । गायक सुमनकुमार श्रेष्ठको नयाँ प्रकाशोन्मुख एल्बम ‘बिहानी ३’मा समावेश गरिएको गीत ‘मुटु चोरी लाने मायालाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमनले यसअघि ‘बिहानी’ र ‘बिहानी २’ नामका दुई एकल अडियो गिती एलबम बजारमा ल्याइसकेका छन् ।

संगीतकार दीपक जंगमका चेला गायक सुमनकुमारको गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द र राजु सिंहको संगीत छ । विन्ध्यवासिनी म्युजिक कम्पनीले उत्पादन र वितरणको जिम्मा लिएको एल्बमको यो गीतमा फणिन्द्र राईको एरेञ्ज र किशोर थापाको मिक्सिङ रहेको छ । निर्देशक निकेश खड्काले कथानक शैलीमा निर्माण गरेको भिडियोमा आकाश श्रेष्ठ र नायिका स्वस्तीमा खड्काले फिचरिङ गरेका छन् ।

राजिव समिरको कोरियोग्राफी रहेको भिडियोमा धिरजजंग शाहको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ । प्रकाशोन्मुख एलबम बिहानी ३ गायक सुमनकुमारको चौथो एलबम हुनेछ । यही एल्बममा रहेको ‘पहाडतिर लेकहरुमा लालीगुरा“स फुलाउ’ बोलको गीत यसअघि नै म्युजिक भिडियोसहित सार्वजनिक भईसकेको छ । गीतमा क्षेत्रप्रताप अधिकारीको शब्द तथा दीपक जंगमको संगीत छ ।