बेलायतबासी देशुको तिमीसँग बोल्दैमा

काठमाडौं । बेलायतमा बस्दै आएकी गायिका देशु गोलेको स्वरमा रहेको ‘तिमीसँग बोल्दैमा’ बोलको प्रेमभावको गीत सार्वजनिक भएको छ । अहिलेका हटकेक संगीतकार अर्जुन पोखरेलको संगीतमा बनेको गीतमा अभिनेत्री अनु शाह र मोडल जीवन भट्टराई फिचरिङ छन् ।

पासाङ योञ्जन लामाले निर्देशन गरेको गीतको भिडियो छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन प्रविण श्रेष्ठले गरेका छन् । देशुले तीन महिनाअघिमात्रै ‘यो दिलको राजा’ बोलको गीत सार्वजनिक गरेकी थिइन् ।

‘दिलको राजालाई जस्तै यो गीतलाई पनि दर्शकले रुचाइदिनुहुनेछ भन्ने अपेक्षा छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ । ’