अशोकलाई बोतलको पानीले बिगारेपछि

काठमाडौं । गायक अशोक कठायत क्षेत्रीको गीत ‘खाउँ खाउँ लाग्ने बोतल’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायक अशोकसहित उनका साथी मदिरामा रमाउँदै प्रेमिका सम्झिएको दृश्य हेर्न सकिन्छ । अशोककै शब्द रहेको गीतमा विशाल निरौलाको संगीत र एरेञ्ज छ ।

भिडियोमा अनु र रुपको जोडीलाई पनि देख्न सकिन्छ । लिज्ञश भट्टराई र अनुराग ठकुरीको निर्देशन रहेको भिडियोमा अर्जुन भुषालको कोरियोग्राफी, रामकृष्ण चौलागाईको छायांकन, लिज्ञश भट्टराईको सम्पादन र अर्जुन थापाको रंग संयोजन छ । भिडियोलाई दी पाल्म ग्रुप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।