चैतमा गजितको इन्काउन्टर गल्ली

काठमाडौं । फिल्म ‘इन्काउन्टर गल्ली’ आगामी चैत्र २ गते रिलिज हुने भएको छ । राजन चौलागाइको निर्माणमा तयार फिल्ममा एनआर घिमिरेले निर्देशन छ । खुशी फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा गजीत बिष्ट, नवराज राउत, स्वेता भट्टराई, राजन चौलागाइ, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक घिमिरेले एक्सन प्रधान फिल्मले गल्ली गल्लीमा हुने दादागिरीको कथा उठाएको बताए । फिल्ममा नायक गजित बिष्ट प्रहरी इन्स्पेक्टरको भुमिकामा देखिदैछन् ।