इन्द्र सरोवरको बीचमा सुनिए कविता

काठमाडौं । खुल्ला चौर वा बन्द कोठाभित्र कविता उत्सव भएको सबैले सुनेकै र देखेकै हो । तर मकवानपुरमा भने अलिक भिन्न किसिमको कविता उत्सव गरिएको छ । मकवानपुर जिल्लाको मार्खुमा तालको बीचमा कविता उत्सव गरिएको छ । पर्यटनका लागि साहित्य नारा सहित नेपालकै मानव निर्मित इन्द्रसरोवरमा भएको इन्द्रसरोवर काव्य उत्सव २०७४मा कवि र कवियत्रीले डुंगामा बसेर कविता सुनाएका थिए । देशभरका करिब तिन दर्जन कविको उपस्थिति रहेको कार्यक्रम डुंगाकै स्टेज बनाएर त्यही शुभारम्भ गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा यस्तो प्रकारको कार्यक्रम नेपालमा पहिलो पटक भएको भन्दै आफूले कविता र प्रकृतिलाई एकैपटक अनुभुति गर्न पाएको बताए । पहिलो दिन ३२ जना कविले एक एक कविता गरी राति दश बजेसम्म इन्द्रसरोवर गुञ्जयमान गराए । दोस्रो दिनको किनारमा कविता श्रृंखलामा तिन दर्जन कविले कविता सुनाएका थिए । चार चरणमा गरिएको कार्यक्रममा सुरुवात विद्यालय स्तरको कविता प्रतियोगीता उत्कृष्ट चार स्थानिय कवि शुशिला वाइवा,अनिता लामा मिरुता कार्की नगद रु चार हजार सहित सम्मान पत्र पाएका थिए ।

इन्द्रसरोवर गाउपालिका मकवानपुर र सर्वनाम थिएटर काठमाडौको संयुक्त आयोजना रहेको कार्यक्रममा अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइवा, ज्योति जङ्गल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल सौरभ कार्की, हेम प्रभास, हेमन यात्रीसहित स्थानिय कवि रश्मी लामा, श्याम लामाले समेत कविता वाचन गरेका थिए ।