शानको भिडियोमा नितालाई बाढुल्की

काठमाडौं । गायिका निता थापा मगरको नयाँ गीत ‘बाढुल्की लाग्छ’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।  सार्वजनिक गीतमा संगीतकार राजनराज सिवाकोटीको संगीत र डिपी खनालको शब्द छ । गीतमा शाहस शाक्यको एरेञ्ज छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नितासँगै अनिल थापा, जीवन भट्टराई र पुजा रानाले फिचरिङ गरेका छन् ।  भिडियोमा उत्सव दाहालको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र राजिप समरको नृत्य छ ।