शिलास्मा बनिन् ब्युटिसियन सुन्दरी

काठमाडौं । चौथो संस्करणको ‘ब्युटिसियन नेपाल २०१८’ को उपाधि शिलास्मा मल्लले चुमेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको प्रतियोगितामा उनले १६ प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधि हात पारिन् । उनले उपाधिसँगै विभिन्न पुरस्कार पनि पाइन् ।  प्रतियोगितामा सविना चित्रकार ‘फस्ट रनरअप’ र बिना श्रेष्ठ ‘सेकेन्ड रनरअप’ भए । अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको अनलाईन भोटिङमार्फत ‘मिसेस पब्लिक च्वाइस अवार्ड’ र ‘बेस्ट ट्यालेन्ट’ अवार्ड पनि शिलास्माले नै पाइन् ।

प्रतियोगितामा विधागततर्फ मिठ्ठु महर्जन ‘बेस्ट पर्सानालिटी’, प्रतिक्षा अधिकारी ‘बेस्ट फोटोजेनिक’, गंगा खड्का ‘बेस्ट कम्प्लेक्सन’, देवी श्रेष्ठ ‘मस्ट पन्चुअल’, सविना खत्री ‘मस्ट डिसिप्लिन’, सुनिता पोखरेल ‘मस्ट कन्फिडेन्स’ तथा ‘बेस्ट ड्रेस्स’, सविना चित्रकार ‘मस्ट स्मार्ट’, सम्झना शेर्पा ‘मस्ट चार्मिङ’, लिना खेबाङ सुब्बा ‘मस्ट एक्टिभ’, सविना नेपाली ‘मस्ट स्टाईलिस’ र कल्पना गुरुङ ‘मस्ट पपुलर’ बने ।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर कला सुब्बा, ‘मिस नेपाल २०००’ उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डा. रेखा थापा, ‘मिसेस हिमालयन नेपाल २०१८’ विजेता गोमा अधिकारी थिए । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन् ।