एफटीआइआइबाट फर्किए नेपाली कलाकार

काठमाडौं । भारतीय दुतावासले फिल्म एण्ड टेलिभिजन इनिष्टिच्यूट अफ इण्डिया(एफटीआइआइ) पुनेमा आयोजना गरेको २० दिने स्क्रिन एक्टिङ कोर्स पुरा गरेर २० नेपाली कलाकारहरु स्वदेश फर्किएका छन् । उनीहरु एफटीआइआइमा गत फेब्रुअरी १२ देखि मार्च ३ सम्म भएको प्रशिक्षणमा सहभागी भएका थिए ।

भारतीय दुतावास र एफटीआइआइले पहिलो पटक आयोजना आफ्नो देश बाहिरबाट कलाकारलाई प्रशिक्षण दिएको कार्यक्रममा नेपालबाट मलिना जोशी, आस्मा दाहाल, संयम पुरी, मोहम्मद वर्सी, यशराज गरच, रोहित रुम्बालगायतका कलाकारले सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापनमा बलिउडका प्रख्यात निर्देशक सुवास घईले सहभागी कलाकारलाई प्रमाणपत्र दिएका थिए । नेपाली चेली तथा बलिउड नायिका मनिषा कोइरालालाई बलिउडमा डेब्यु गराउने श्रेय सुवासलाई नै जाने गरेको छ ।