लिली बिली ट्रेलरमा अनेक ट्वीष्ट

काठमाडौं । एउटा युवतीसँग प्रेम, त्यही युवतीसँग विछोड बीचमा भिलेनको इन्ट्री अनि अर्की नायिकाको प्रवेश । फिल्म ‘लिलीबिली’को ट्रेलर झट्ट हेर्दा यस्तै देखिन्छ । तर फिल्म भित्र कथा चाहिँ कस्तो छ भन्ने थाहा पाउन दर्शकले चैत्र ३० गते नै कुर्नुपर्नेछ ।

प्रदीप खड्का अभिनीत फिल्मको मंगलबार सार्वजनिक ट्रेलरमा विदेशका भर्जिन लोकेशन दर्शकले हेर्न पाउनेछन् । ट्रेलरमा जसिता गुरुङ, प्रदिप खड्का, सबिन श्रेष्ठ, प्रियंका कार्की, अनुपविक्रम शाहीलगायतले फिचरिङ गरेका छन् । फिल्ममा अनुप भिलेन चरित्रमा छन् ।

मिलन चाम्स निर्देशित फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको फिल्ममा गोविन्द शाही र सुदिप खड्काको लगानी छ ।