अलग्गिए विल स्मिथ जोडी

लसएन्जल्स(एजेन्सी) । हलिउड स्टार विल स्मिथकी पत्नी जेडा पिङ्केट स्मिथले आफ्नो निजी जीवनको बारेमा एक ठूलो खुलासा गरेकी छन् । एक साक्षात्मकारमा उनले आफू र पति विल सन् २०१६ देखि अलग–अलग जीवन बाँचिरहेको खुलाएकी छन् ।

उनका अनुसार यो जोडीले हालसम्म अलग्गिएको घोषणा नगर्नुको कारण जनताको अगाडि कसरी प्रस्तुत हुने भनेर रहेको हो । जेडाले आफूहरु सात वर्षयता अलग रहेको बताएकी छन् ।

सन् १९९७ मा विवाह गरे पनि आफूहरु अलग्गिएको कुरालाई सहज अवस्था नआएसम्म नखुलाउने उनले बताएकी छन् । उनले आफूहरु कानूनी रुपमा नअलग्गिएको बताएकी छन् ।

उनीहरुको वैवाहिक अवस्था त्यो समयमा चर्चामा आयो जब गायक अगष्ट अलसिनाले सन् २०२० को जुलाईमा स्मिथका साथ एक रोमान्टिक सम्बन्धको स्वीकार गरेका थिए ।
सन् २०२२ को ओस्कार अवार्डको समयमा जेडा चर्चामा आएकी थिइन् । यो अवार्डका समयमा होस्ट क्रिस रकले जेडाको मुण्डनमाथि मजाक बनाएका थिए । जसकारण उनका पति स्मिथ भड्किएर स्टेजमा गई क्रिसमाथि थप्पड हिर्काएका थिए ।