भोर टिजरमा दहेज पीडा

काठमाडौं । फिल्म ‘भोर’ (फस्र्ट लाईट)को टिजर सार्वजनिक भएको छ । यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजो(दहेज)को पीडा झल्काइएको छ । अघिल्लो फिलम ‘झोला’कै ब्राण्डमा अडिएर निर्देशक भट्टराईले ‘भोर’लाई अघि सारेका छन् । ‘झोला’लाई माया दिएका दर्शक ‘भोर’बाट निराश नहुने दाबी निर्देशक भट्टराईको छ ।

सम्पुर्ण छायांकन जनकपुरमा गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख व्यथा दाइजोलाई बोल्छ । गत बर्षको छठ पर्वदेखि यो बर्षको छठसम्म लगाएर एक बर्षको लामो समय लगाएर फिल्म खिचिएको हो । निर्माता राज तिम्सिनाले घर सम्हाल्ने महिला नै असुरक्षित भएपछि पुरै परिवार नै लथालिंग हुँदै आएको स्मरण गर्दै दाईजोले मानवतामाथि नै प्रश्न उठाईरहेकोले यिनै र यस्तै विषयवस्तुमाथी रहेर फिल्म निर्माण गरेको बताए । फिल्म आगामी वैशाख २१ गते रिलिज हुँदैछ ।

राजसँगै रामगोपाल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्ममा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत लिड रोलमा छन् ।