पारुको गीतमा पवित्राको छमछमी

काठमाडौं । गायिका पारु रञ्जितको नयाँ गीत ‘हिऊँ जस्तै सफा मन’को भिडियो सार्वजनिक भएको छ । दोलखाको कालिञ्चोकको हिऊँमा छायांकन गरिएको गीतमा नायिका तथा कोरियोग्राफर पवित्रा आचार्यले फिचरिङ गरेकी छन् ।

गायिका पारुको एल्बम ‘मनको आवेग’मा समावेश गीतको भिडियोमा बसन्त निरौलाको निर्देशन छ । पछिल्लो पटक रिलिज फिल्म ‘मेला’मा सोलो कोरियोग्राफी गरेकी पवित्राले भिडियोमा पनि सोलो नै कोरियोग्राफी गरेकी छन् ।

गीतमा पवित्रासँगै कोरसले साथ दिएका छन् । देव पुनः को शब्द संगीत रहेको गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र वीरेन्द्र रञ्जितको लगानी छ ।