भोजपुरी एनिमलमा खेसारी लाल

मुम्बई(एजेन्सी) । बलिउड स्टार रणवीर कपूर हालका दिनमा चर्चामा छन् । हालै उनको फिल्म ‘एनिमल’ रिलिज भयो । फिल्मले भारतीय बक्सअफिसमा मात्रै ४ सय करोड रुपैंयाँको आँकडा पार गरेको छ ।

अब यो फिल्मको भोजपुरी संस्करण निर्माण हुने भएको छ । भोजपुरी भर्सनमा भोजपुरी सुपरस्टार खेसारीलाल यादव देखिँदैछन् । रणवीरको जस्तै भोजपुरी भर्सनमा दर्शकले खेसारीको खतरनाक एक्सन हेर्न पाउनेछन् ।

खेसारीलाई भोजपुरी फिल्ममा अब्बल अभिनय गर्ने अभिनेताका रुपमा लिइन्छ । उनको गीतलाई यूपी बिहारका मानिसले उत्तिकै मनपराउँछन् । खेसारी लाल हरेक कुरामा अर्का सुपरस्टार पवन सिंहलाई टक्कर दिन्छन् ।