सिड्नीमा मोहनी लगाउँदै राजेशपायल

काठमाडौं । भर्सटायल गायक राजेशपायल राई अष्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएका छन् । शनिबार सिड्नीमा हुने सांगीतिक कार्यक्रममा राईले आफ्ना दर्जन लोकप्रिय गीत सुनाउनेछन् । कार्यक्रमका लागि राजेशपायल सिड्नी पुगिसकेका छन् ।

राजवंशी समाज अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा राजेशपायलले दर्शन नमस्ते, मोहनी लाग्ला है, नाई नभन्नु ललगायतका सदाबहार गीत सुनाउनेछन् । कार्यक्रममा अष्ट्रेलियामा रहेका गायक बादल प्रसाईं, राज के गोस्वामी र दिल तामाङका गीत पनि गुञ्जिनेछन् ।

राजेशपायलले सिड्नीमा बस्दै आएका नेपाली तथा सिड्नीकै स्थानीयलाई पनि आफ्नो कार्यक्रममा सहभागिता जनाउन आव्हान गरेका छन् । एन्जल होम लोन्सको शीर्ष प्रायोजन रहेको कार्यक्रमा हर्सभिलको अडिटोरियम हलमा हुने छ । एन्जल होम लोन्सका सञ्चालक दिनेश पोखरेलले कार्यक्रमलाई उत्कृष्ट बनाउन सबै तयारी भइरहेको बताए ।