सिर्जनाको माया लिनेको लिरिकल भिडियो

काठमाडौं । गायिका सिर्जना कार्कीको नयाँ गीत ‘माया लिनेको बदनामी भो यहाँ’को लिरिकल भिडियो सार्वजनिक भएको छ । गीत गायनमा फरक फ्लेबर दिने गायिका सिर्जनाले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।

श्रीकृष्ण बम मल्लको संगीत र शब्दमा तयार गीतमा मायाबाट विछोडिँदाको कुरा उठान गरिएको छ । लिरिकल भिडियो टेकेन्द्र शाहले निर्माण गरेका हुन् । गायिका सिर्जना सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् ।