सरु र सरोजको मैले सास फेर्दा

काठमाडौं । गायिका सरु गौतम र उनका भाई सरोजको स्वर रहेको ‘मैले साँस फेर्दा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भाई सरोजको जन्मदिनको अवसर पारेर गीत शुक्रबार युट्युबमार्फत रिलिज गरिएको हो । प्रभा बर्तौलाको शब्द रहेको गीतमा दिपक शर्माको संगीत भरेका छन् ।

सेन्टिमेन्टल फ्लेबरको यो गीतको भिडियोमा सरु र सरोज दुवै देखिएका छन् । भिडियोमा उनीहरु स्टेजमा पर्फम गर्दै गरेको अवस्थामा छन् ।  यसअघि सरुको ‘के यो माया हो’ बोलमा सरोजले अभिनय समेत गरेका थिए । ‘भाईंको स्वर पनि राम्रो छ । त्यसैले दुवै मिलेर गीत निकालेका हौं,’ सरुले गीतबाट आशावादी रहेको बताइन् ।