निलको फ्रेञ्चाइजीमा राते काइँलाको ह्याट्रिक

काठमाडौं । हेयर स्टाईलिष्ट निल डेभिड कटुवालले भारतको सिलगढीको सेभोक रोडस्थित सिटी मलमा निल डेभिड स्टाईल सलुन सञ्चालनमा ल्याएका छन् । सलुनको अभिनेता सुनिल थापा ‘राते काइँला’ ले शुभारम्भ गरे । सिलगुढीकै प्रधाननगरमा समेत अर्को फ्रेन्चाईजी शुभारम्भ गरेका सुनिलले भोलिपल्ट मोरङको पथरीमा नयाँ फ्रेञ्चाइजीको शुभारम्भ गरी ह्याट्रिक गरेका थिए ।

‘ससाना सहर र लगानीकर्तालाई ध्यानमा राखेर ३ वर्ष अघि नै मैले यो कन्सेप्ट र डिजाईन बनाएको थिएँ । यसैलाई पुरानो रुप दिएको हो’ निलले भने । आगामी अप्रिलमा यहि मोडलमा ललितपुरको कुमारीपाटीमा सलुन सञ्चालनमा ल्याईने उनले बताए ।

निलले मुम्बईको स्वस्तिक म्यानेजमेन्टसँग सय वटा निल डेभिड सलुन फ्रेञ्चाईजी सञ्चालनमा ल्याउने गरी सम्झौता गरेकोमा गुहाटी, आसाम, अलाहवादमा सलुन सञ्चालनमा आईसकेको छ । अब चाँडै अजमगढ, बनारस, लखनउ र दिल्लीको ओखलामा पनि फ्रेञ्चाइजी सञ्चालनमा आउनेछ । निलको नेपालमा हालसम्म ५४ ओटा सलुन सञ्चालनमा छन् ।