पञ्जाबी गायक दलेरलाई दुई वर्ष जेल सजय

मुम्बई(एजेन्सी) । प्रख्यात भारतीय गायक दलेर मेहन्दीलाई पञ्जाबको पटियाला अदालतले मानव तस्करीको दोषी ठहराएको छ । यो मामलामा उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । समाचार अनुसार मेहन्दीलाई पञ्जाब पुलिस कस्टडीमा राखिएको छ । अदालतले मेहन्दीका भाई शमशेर सिंहलाई पनि दोषी ठहराएको छ ।

समाचार अनुसार यी दाजुभाई मानिसहरुलाई आफै क्रु मेम्बर भएको बताउँदै गैरकानूनी रुपमा विदेश लैजाने गर्दथे । सन् १९९८ देखि १९९९ को समयमा दुई भाईले अवैध रुपमा १० मानिसलाई अमेरिका पु¥याएका थिए । दलेर र अन्यका विरुद्ध सन् २००३ मा मानव तस्करीको मुद्धा दर्ता भएको थियो । दाजुभाईका विरुद्ध कुल ३१ मुद्धा दर्ता भएका छन् । दलेरले बलिउडमा धेरै सदाबहार गीतमा स्वर दिएका छन् ।